अनुभुति
मन्दिर बाट फर्किँदा त झ्याप्पै रात परि सकेछ । ७-७:३० भको हुँदो हो । छिरेँ भित्र । छोरो बिहानै अफिस गथ्यो, पत्रिका पढ्दै रैछ । बुहारी भान्सामा थिईन् । नाति ल्यापटप चलाउँदै थियो, कानमा एयरफोन ठोसेर । छोरो आएर ढोगिदियो, मैले आशीर्वाद दिएँ । नाति थाह पाए पछि आयो । एक पटक मेरी प्रियषी तर्फ पनि नजर पुर्याइ हालेँ । सदा झैँ हाँसि रहेकी थिई, मचक्क मस्केर । मैले पट्याउँदा हाँसे जस्तै । कति चमक दिएकी छे त्यो जाबो भित्तालाई पनि । कोठामा छिरेँँ अनि, र हेरेँ चारैतिर । बाल्यकालका फोटादेखि सुरू भएर ति भित्ताले सबै समाहित गराएका थिए आफू माथि । सदावहार साथी होस् त तेस्तो, रूने हाँस्ने एकदम सँगसँगै । पल्टिन खोज्दै थिँए, निदाएछु । नाति आएर 'बा, खाना खान आउनु' भनेर झक्झकाउँदा पो ब्यूझेँ र फिस्स हाँसे, संसारको चर्तिकला सम्झेर । साला ! खाना खाँदा पनि फर्मल कुरा मात्र भए । काँ काँ घुम्नु भो, कस कसलाई भेट्नु भो त बा जस्ता प्रश्न छोरा बुहारीले सोधे भने नातिले फोटो खिच्नु भयो कि भएन भनेर सोध्यो । जे हो त्यही भन्दै गएँ म पनि । के नै ढाँट्नु छ र खै, ज्या ! अब दिनभरि डुलघुम गरेको, थकाई लाग्ने नै ...